About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १२ वैशाख
मोरङको उर्लाबारी नगरपालिकामा दलहरुले उम्मेद्वारी दर्ता गराएका छन् । यहाँ नगर प्रमुखमा नेपाली काँग्रेसबाट खड्ग फागो, नेकपा एमालेबाट गंगाप्रसाद खरेल, नेकपा माओवादी केन्द्रबाट गजेन्द्र दंगाल, राप्रपाबाट विनोद पोखरेल र नेकपा (एस) बाट मानबहादुर श्रेष्ठको उम्मेद्वारी परेको छ ।
यस्तै, उपमेयरमा नेपाली काँग्रेसबाट सीता कार्की, नेकपा एमालेबाट मीना पौडेल, नेकपा माओवादी केन्द्रबाट शिला भट्टराईलगायतले उम्मेद्वारी दर्ता गराएका छन् । नेपाली काँग्रेसबाट वडा नं. १ मा गोविन्द भट्टराई, वडा नं. २ मा राजन कँडेल, वडा नं. ३ मा गन्जबहादुर कार्की, वडा नं. ४ मा कल्याणकुमार राई, वडा नं. ५ मा तुलबहादुर थापा, वडा नं. ६ मा चिन्तामणि पौडेल, वडा नं. ७ मा वीरबल थापा, वडा नं. ८ मा कोमलप्रसाद खतिवडा र वडा नं. ९ मा नरबहादुर मोक्तानले वडाध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।
यस्तै, नेकपा एमालेबाट वडा नं. १ मा तिलक पाण्डे, वडा नं. २ मा इन्द्र दाहाल, वडा नं. ३ मा भीष्म बुढाथोकी, वडा नं. ४ मा लक्ष्मीनारायण धिमाल, वडा नं. ५ मा रविन लामा, वडा नं. ६ मा घनश्याम भण्डारी, वडा नं. ७ मा उर्मिला थापा, वडा नं. ८ मा कुलबहादुर कार्की र वडा नं. ९ मा सुरेन्द्र सेर्माले उम्मेद्वारी दर्ता गराएका छन् । अन्य पार्टीहरुले पनि उम्मेद््वारी दर्ता गराएका छन् । उम्मेद्वारको विस्तृत विवरण प्रारम्भिक सूची प्राप्त भएपछि प्रकाशन गरिने छ ।

 

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय