
काठमाडौं, २८ असार
जेठ ७ गते राति सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ससद विघटन गरी मध्यावधि निर्वाचनको मिति घोषणा गरिन् । आगामी कार्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति सार्वजनिक भएपछि निर्वाचन आयोगले तयारी थालेको थियो ।
केही दिनअघि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको थियो । तर, प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलासँगै निर्वाचनका सबै कार्यक्रम स्थगित भएका छन् । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सर्वोच्चको फैसलापछि निर्वाचन कार्यक्रम स्थगित भएका जानकारी दिए ।



