About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ११ बैशाख
निजी विद्यालयहरुको भीडमा १३ वर्षअघि खुलेको उर्लाबारी–६ स्थित कुडोस विद्यासदनमा अभिभावक तथा विद्यार्थीको आकर्षण बढेको छ । कुडोसको नजिकै निजी तथा सामुदायिक विद्यालय छन्, तर पनि यहाँ विद्यार्थीको चाप उत्तिनै छ । यसको कारण हो विद्यालयको गुणस्तर । लामो समय विद्यालय सञ्चालनको अनुभव सम्हालेका संस्थापक प्रिन्सिपल सूर्य पौडेलको आँट, साहस र योजना तथा शिक्षक, कर्मचारीको साथ सहयोगले कुडोस विद्यासदनको लोकप्रियता दिनानुदिन बढ्दो छ ।


कक्षा ८ सम्म सञ्चालित यो विद्यालयले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र केन्द्रीत नगराई व्यवहारिक शिक्षा प्रदान गर्दै आएको छ । संस्कारयुक्त शिक्षामा जोड दिएको बताउँदै संस्थापक प्रिन्सिपल पौडेल बालबालिकाको रुचि र चाहना अनुरुप खेल्दै सिक्ने प्रविधिलाई अंगालेको बताउँछन् । ‘किताबी ज्ञान र घोकाउने प्रवृत्तिले दिगो सिकाइ हुन सक्दैन, त्यसैले हामीले व्यवहारिक शिक्षालाई प्राथमिकता दिएका छौं’ उनले भने, ‘संस्कार सिकाउछौँ, व्यवहारिक बनाउछौँ ।’
दक्ष, अनुभवी र तालिमप्राप्त शिक्षक शिक्षिकाबाट बालमैत्री वातावरणमा सिकाइ प्रक्रिया सञ्चालन हुँदै आएको कुडोसमा अतिरिक्त तथा सहक्रियाकलापलाई पनि जोड दिइँदै आएको बताउँदै प्रिन्सिपल पौडेलले विद्यार्थीलाई अधिकतम सुविधा प्रदान गरिँदै आएको बताए । कुडोस विद्यासदनको परीक्षा प्रणाली अन्यको भन्दा फरक किसिमको छ । हप्तै पिच्छे विद्यार्थी मूल्याङ्कन गरी फायल तयार गर्ने गरिन्छ । विद्यार्थीको परीक्षालगायत सबै गतिविधिलाई समेटिएको फाइल अभिभावकले हेर्न पाउने र त्यसबाट आफ्ना छोराछोरीको शैक्षिक स्तर सजिलै पत्ता लाग्ने प्रिन्सिपल पौडेल बताउँछन् । ‘तीन घण्टाको परीक्षाले मात्र विद्यार्थीको सबै पक्षको मूल्याङ्कन हुन सक्दैन’ उनले भने, ‘बालबालिकाको सर्वाङ्गीण विकासलाई ध्यान दिएका छौं, सबै पक्षको रेकर्ड राखी अभिभावकले हेर्ने व्यवस्था मिलाएका छौं । यसबाट अभिभावक सन्तुष्ट हुनुहुन्छ ।’
३ सय जनाभन्दा बढी विद्यार्थी अध्ययनरत कुडोसमा २० जना शिक्षक शिक्षिका तथा कर्मचारी कार्यरत छन् । आफ्नै जग्गामा सुविधा सम्पन्न भवनका साथै पर्याप्त भौतिक पूर्वाधारको व्यवस्था गरेको विद्यालयमा कम्प्युटर ल्याव, साइन्स ल्याव, स्मार्ट ल्याव, प्ले स्टेशन, क्यान्टिन, जेनेरेटर, यातायातको सुविधा दिएको छ । कमजोर विद्यार्थीलाई व्यक्तिगत काउन्सिलिङको व्यवस्था गरेको छ । चालु शैक्षिक सत्रदेखि डे बोर्डसको समेत व्यवस्था गरेको प्रिन्सिपल पौडेलले बताए ।


विद्यार्थीको चौतर्फी विकासका लागि प्रत्येक साता गायन, नृत्य, चित्रकलालगायतका छुट्टाछुट्टै कक्षा सञ्चालन गर्दै आएको उनले बताए । साथै, विद्यार्थीहरुलाई विभिन्न स्थानमा अध्ययन तथा शैक्षिक भ्रमणमा लैजाने गरिएको छ । कक्षा ८ सम्म सञ्चालित कुडोस विद्यासदनमा क्रमशः कक्षा थप गर्दै कक्षा १२ सम्म पु¥याउने लक्ष्य रहेको प्रिन्सिपल पौडेलले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय