About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ११ वैशाख
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेद्वारी मनोनयन गर्ने पहिलो दिन आज उर्लाबारी नगरपालिकामा ४३ जनाले उम्मेद्वारी दिएका छन् । आज मौलिक जरोकिलो पार्टी र मंगोलियन नेशनल अर्गनाइजेसनले मेयर उपमेयरसहित वडाध्यक्ष, वडा सदस्यमा उम्मेद्वारी दिएका हुन् ।
मौलिक जरोकिलो पार्टीबाट मेयरमा विज्ञान आचार्य र उपमेयरमा चन्द्रीका भट्टराईको उम्मेद्वारी परेको छ भने मंगोलियन नेशनल अर्गनाइजेशनबाट मेयरमा मोहनबहादुर राई र उपमेयरमा विष्णुमाया तामाङले उम्मेद्वारी दर्ता गराएका छन् । यस्तै, वडाध्यक्षमा ११, वडा सदस्य खुलामा १४ जना, महिला वडा सदस्यमा ७ जना र दलित महिला सदस्यमा ७ जनाको उम्मेद्वारी परेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय