
ताप्लेजुङ,ताप्लेजुङ्म नेपाली काँग्रेसका जिल्ला उपसभापति सहित ५सय जना नेकपा एमाले प्रवेश गरेका छन । ताप्लेजुङ जिल्ला फक्तालुङ गाउँपालिकाको इखाबुमा आयोजित कार्यक्रममा एमाले सचिव योगेश भट्टराईले नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति तथा पूर्व गाविस अध्यक्ष मणी लाबुङ, नेपाली कांग्रेसका जिल्ला नेता, पूर्व गाविस अध्यक्ष, तथा नेपाली कांग्रेसबाट पालिका अध्यक्षमा प्रस्तावित उम्मेदवार भद्र बोखिम, र नेपाली कांग्रेसका युवा नेता महेश लाबुङलाई नेकपा एमालेमा स्वागत गरे । यसैगरी नेकपा माओवादी केन्द्रका वडाध्यक्ष निमा नवङ शेर्पा र माओवादी केन्द्रका युवा नेता सुमन लिम्बु लगायत ५०० जना नेकपा एमालेमा प्रवेश गरेका छन ।