About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १० वैशाख
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेद्वारको मनोनयन भोलि र पर्सि (वैशाख ११ र १२ गते) हुँदैछ । देशका ७५३ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।
मोरङको उर्लाबारीमा उम्मेद्वारको मनोनयनका लागि दलहरुलाई समय तोकिएको छ । अधिकांश दलले १२ गते मनोनयन गर्ने देखिएको छ । उर्लाबारीमा उम्मेद्वारको मनोनयनका लागि १२ गते १० बजे संघीय लिम्बुवान, ११ बजे नेकपा एमाले, १२ बजे नेकपा माओवादी केन्द्र, १ बजे राप्रपा, २ बजे नेपाली काँग्रेस, ३ बजे नेकपा एकीकृत समाजवादी र ४ बजे जनता समाजवादी पार्टीले समय लिएका छन् ।
आज निर्वाचन अधिकृतको कार्यालयको आयोजनामा भएको सर्वदलीय बैठकमा मनोनयन प्रक्रियालाई सहज बनाउन दललाई निश्चित समय तोकिएको हो । मंगोल नेशनल अर्गनाइजेसनले भने ११ गते नै मनोनयन गर्ने जनाएको छ । अन्य दल र स्वतन्त्र उम्मेद्वारी दिनेहरुले आइतबार र सोमबार कार्यालय समयमा उम्मेद्वारी दिन सक्ने जनाइएको छ । नेकपा एमालेले १२ गते ११ बजेलाई समय लिएको भएपनि भोलि दिउँसो नै उम्मेद्वारी दर्ता गर्ने विषयमा छलफल भइरहेको पार्टी स्रोतले जनाएको छ ।
सर्वदलीय बैठकमा निर्वाचन अधिकृत ओमकारप्रसाद न्यौपानेले निर्वाचनलाई शान्त, मर्यादित र निष्पक्ष बनाउन दलहरुको सहयोग आवश्यक रहेको बताए । उनले उम्मेद्वारी मनोनयनमा ध्यान दिनुपर्ने कुराहरु दलका प्रमुख तथा प्रतिनिधिलाई जानकारी गराएका थिए । बैठकमा उर्लाबारीमा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय