
उर्लाबारी, १० वैशाख
नेकपा एकीकृत समाजवादी उर्लाबारीले स्थानीय तह निर्वाचनका लागि वडाध्यक्ष र वडा सदस्यको उम्मेद्वार छानेको छ । नगर प्रमुखमा मानबहादुर श्रेष्ठलाई उम्मेद्वार बनाउने टुंगो लगाएको नेकपा एसले वडाध्यक्ष र वडा सदस्य उठ्ने उम्मेद्वार तय गरेको हो ।
सो पार्टीबाट वडा नं. १ मा मचिन्द्रकुमार कार्की, वडा नं. ३ मा टुमनाथ निरौला, वडा नं. ४ मा तुलाराम धमला, वडा नं. ५ मा गोपाल भट्टराई, वडा नं. ७ मा चन्द्रबहादुर राई, वडा नं. ८ मा यज्ञबहादुर बस्नेत र वडा नं. ९ मा सुन्दर श्रेष्ठलाई उम्मेद्वार बनाउने निर्णय भएको नगर अध्यक्ष डिवी थापाले बताए ।
वडा नं. २ मा भने अमृत बस्नेत र लालबहादुर भट्टराई मध्ये एक जना वडाध्यक्षको उम्मेद्वार बन्ने बुझिएको छ भने वडा नं. ६ मा वडाध्यक्षमा उम्मेद्वारी नदिने सम्भावना छ । नेकपा एसले उपमेयरको उम्मेद्वारका टुंगो लगाइनसकेपनि सर्सु गुरुङ उम्मेद्वार बन्ने बताइएको छ ।



