About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

दमक, १० वैशाख
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले झापाको दमक र बिर्तामोड नगरपालिकाको मेयरमा महिला उम्मेद्वार उठाएको छ । एमालेले दमक र बिर्तामोडका हालका उपमेयरलाई नै मेयरको उम्मेद्वार बनाएको हो ।
दमकमा गीता अधिकारी र विर्तामोडमा पवित्रा महतारा प्रसाईं मेयरको उम्मेद्वार बनेका हुन् । दमकको उपमेयरमा अम्बिका खनाल र बिर्तामोडको उपमेयरमा नरेन्द्र संग्रौलालाई उम्मेद्वार बनाउने एमालेले निर्णय गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय