
उर्लाबारी, १० वैशाख
उर्लाबारीका सफल युवा व्यवसायीहरुले नयाँ व्यवस्थापनका साथ सञ्चालनमा ल्याएको शिक्षण संस्था हो, मोरङ मोडल स्कुल÷कलेज । उर्लाबारीकै पुरानो मध्येको एक यो विद्यालय केही वर्षअघिदेखि उर्लाबारीका युवा व्यवसायीहरुको स्वामित्वमा आएको हो ।
व्यवसायिक क्षेत्रमा सफल युवा व्यवसायी यादप भण्डारी सोही कलेजमा १२ वर्षअघिदेखि अध्ययनरत थिए । उनै भण्डारी मोरङ मोडलका पूर्व विद्यार्थी सचिन शाक्य, कविहाङ फागोलगायतको साथमा कलेजको जिम्मेवारी दिन तयार भए । अहिले भण्डारी कलेजका प्रवन्ध निर्देशक छन् । युवाहरुको जोश र जाँगरले छोटो अवधिमा विद्यालयको मुहार फेरिएको छ ।

यादप भण्डारी (प्रवन्ध निर्देशक) मोरङ मोडल स्कुल, कलेज
उनीहरुले कलेजको जिम्मेवारी सम्हाल्दै गर्दा धेरै अवरोध र बिभिन्न लाल्छना लगाउनेहरुको कमी रहेन, त्यस बखत मोरङ मोडल अब व्यापारीहरुको हातमा गयो भन्नसम्म भ्याए । ऊ बेला ती शब्द ओकल्ने अहिले कता के गर्दैछन्, विद्यालय सञ्चालकलाई मतलव छैन । निजी विद्यालय स्वभाबिक रुपमा मुनाफामुखी हुने नै भयो, तर कम नाफा, बढी सेवा प्रदान गर्ने आफ्नो लक्ष्यमा अडिग रहेको निर्देशक भण्डारी बताउँछन् । निजी विद्यालयमा पनि निःशुल्क पुस्तक वितरण, न्युन शुल्क र संस्कारसहित गुणस्तरीय शिक्षा प्रदान गरिरहेको अभिभावकहरुको बुझाइ रहेको छ ।
शैक्षिक संस्थामा नाम चलेको शिक्षकभन्दा समय सापेक्षित परिवर्तन हुन सक्ने र अत्यधुनिक प्रविधिलाई अत्मसाथ गरी अध्यापन गराउन सक्ने शिक्षकहरुबाट गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भन्ने सोच राख्ने प्रबन्ध निर्देशक भण्डारीले परिवर्तन नचाहने कर्मचारीलाई विद्यालयबाट निकाल्दा तीब्र आलोचना पनि भयो । अहिले त्यस बखत चालेको कदम सही साबित भएको सञ्चालक सचिन शाक्य बताउँछन् । जसले जे भने, सोचे पनि संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्न आफूहरु तयार रहेको निर्देशक भण्डारी बताउँछन् । -ADVT.



