About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ९ बैशाख

मोरङको ग्रामथान गाउँपालिकामा नेकपा एमालेले उम्मेद्दवारको टुंगो लगाएको छ । ग्रामथान गाउँपालिकामा एमालेबाट वर्तमान अध्यक्ष शिव नारायण माझीसहित चारजना आकांक्षी थिए । त्यस्तै उपाध्यक्षमा दुईजनाको आकांक्षा व्यक्त गरेका थिए । नेकपा एमाले क्षेत्र नम्बर ४ (क) का संयोजक नरेन्द्र बस्नेतका अनुसार जिल्ला कमिटी मोरङसँगको परामर्शमा प्रदेश कमिटीले अध्यक्षमा शिव नारायण माझी र उपाध्यक्षमा गुणावति धामीको नाम टुंगो लगाएको छ ।

ग्रामथानको अध्यक्ष पदमा माझीसहित तुलसीराम विश्वास, नेम नारायण माझी र देवनारायण गच्छदारको नाम सिफारिस भएको थियो । त्यसैगरी उपाध्यक्षमा गुणावति धामी र बालिका बस्नेत कार्की सिफारिस भएकी थिइन् । अध्यक्ष पदका आकांक्षी रहेका तुलसीराम विश्वासले पार्टीले जसलाई टिकट दिएपनि गाउँपालिकामा चुनाव जित्न पार्टीका सवै नेता कार्यकर्ता एकजुट भएर चुनावी अभियानमा लाग्ने बताए । अध्यक्ष र उपाध्यक्षको नाम टुंगिएसँगै आफुहरु कार्ययोजना बनाएर चुनावी अभियानमा जुटेको अध्यक्षको टिकट पाएका शिव नारायण माझीले बताए । उनले घरदैलो अभियान अघि बढाइसकेको बताए ।

उम्मेद्दवारी मनोनयनपछि चुनावी गतिविधि अझ बढ्ने जानकारी दिए । ग्रामथानमा एमालेले हालसम्म वडा नं. १ को वडाध्यक्षमा सत्यनारायण माझीसहित वडाका पाँच जना सदस्यहरु सर्वसम्मत गरेको छ । त्यसैगरी वडा नम्बर ३ को वडाध्यक्षमा तुलसी विश्वास, ४ मा बद्रीनारायण माझी र ७ मा विरेन्द्र चौधरी सर्वसम्मत सिफारिस भएको जनाइएको छ । सात वटा वडा रहेको ग्रामथानका बाँकी वडाहरुमा समेत सर्वसम्मत रुपमा उम्मेद्दवार टुंग्याउने तयारी रहेको संयोजक बस्नेतले बताए । बाँकी रहेका वडाहरुको पनि टुंगिने क्रममा रहेकोले अब घोषणा हुनमात्रै बाँकी रहेको जानकारी दिए । ग्रामथान गाउँपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले अध्यक्षसहित एक वडाध्यक्ष, दुई सदस्य, तीन महिला सदस्य र दुई दलित सदस्य जितेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय