
उर्लाबारी,९ वैशाख नेकपा एकीकृत समाजवादीले उर्लाबारीकाे मेयरमा मानबहादुर श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । उर्लाबारी सत्ता गठबन्धन हुने सम्भावना सकिएकोले श्रेष्ठलाई पार्टीले मेयरकाे उम्मेदवार बनाएको नेकपा एस नगर अध्यक्ष डिवी थापाले बताए । एसले सत्ता गठबन्धनका अन्य दलसँग सहमतिको प्रयास गरिएको बताउँदै उनले त्यहाँ पनि सहमति नभए आजै अन्य उम्मेदवारकाे नाम सार्वजनिक गर्ने बताए ।



