About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ६ वैशाख
देशव्यापी रुपमा सञ्चालन हुन लागेको टाइफाइट रोग विरुद्धको खोप अभियान अन्तर्गत मोरङको उर्लाबारीमा पनि तयारी तीब्र पारिएको छ । यही वैशाख ११ देखि एक सातासम्म सञ्चालन हुने खोप अभियानमा १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने आज उर्लाबारी नगरपालिकामा आयोजित पालिका स्तरीय अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठीमा जानकारी गराइयो ।
अन्य उमेर समूहका भन्दा १५ वर्षमुनिका बालबालिकामा टाइफाइट ११ गुणा बढी संक्रमण हुने भएकोले यो उमेर समूहलाई खोप लगाउने तयारी गरिएको स्वास्थ्य शाखाका सहसंयोजक रेणुकाप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार टाइफाइड प्रायः गर्मी महिनामा लाग्ने एक सरुवा रोग हो, जुन दूषित पानी वा फोहोर पदार्थहरूबाट सर्ने गर्छ । यो रोग लागेमा ज्वरो आउने, जीउ दुख्ने, बान्ता आउने, पखाला लाग्ने, आदि लक्षण देखिन्छन्, जुन बढ्दै गएमा मानिसको ज्यान समेत जान सक्छ ।
नेपालमा वर्सेनि ४ लाख ५० हजारभन्दा बढी मानिस टाइफाइडबाट संक्रमित हुने गरेको उनले बताए । यो खोप नगरका ९ वटै वडामा लगाउने तयारी गरिएको उनले बताए । जसका लागि प्रत्येक वडामा दुई जना स्वास्थ्यकर्मी खटाइएको छ । उर्लाबारीमा १५ वर्षमुनिका करिब २३ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ ।
नेपालमा पहिलो पटक सरकारले बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिन लागेको हो । हालसम्म नेपालमा सरकारको नियमित तालिका अन्तर्गत बालबालिकालाई १२ वटा खोप दिँदै आएको छ । आगामी वर्षदेखि भने टाइफाइडको खोप पनि त्यस तालिकामा समावेश गरिने जनाइएको छ ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय