
विराटनगर, ४ वैशाख उर्लाबारीका सन्जिव बुढाथोकी मोरङ जिल्ला फुटबल संघको अध्यक्षमा निर्वाचित भएका छन् । आइतबार विराटनगरमा सम्पन्न चुनावी साधारणसभाबाट पूर्व राष्ट्रिय खेलाडी बुढाथोकी अध्यक्षमा निर्वाचित भएका हुन् ।
१५ सदस्यीय समितिको उपाध्यक्षमा दिपेन्द्र तिवारी, भुपाल श्रेष्ठ र धनकुमार लामा रहेका छन् । यस्तै सदस्यहरुमा बसन्तराज अर्याल, राजेशकुमार व्यञ्जनकार, खगेन्द्र थेवे, दिपेन्द्र धिमाल, विशाल तामाङ, इन्द्र राई, इन्द्रमणी पोखरेल, शेखर कार्की, उद्धव अर्याल, सचिन घिमिरे र काैशिला लिम्बू रहेका छन् ।