About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २ वैशाख
मोरङको उर्लाबारीमा सुविधा सम्पन्न क्याफे सञ्चालनमा आएको छ । नयाँ वर्षको अवसर पारेर उर्लाबारी–६ चौकमा तरल क्याफे सञ्चालनमा आएको हो ।
बिहिबार उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले तरल क्याफेको उद्घाटन गरे । सो अवसरमा उनले उर्लाबारीमा एकपछि अर्को सुविधा सम्पन्न होटल तथा क्याफे खुल्नु खुसीको कुरा भएको बताए । व्यवसायतर्फ अग्रसर युवाहरुलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाई थियो ।
दुई युवा उर्लाबारी–७ का विशाल लम्साल र उर्लाबारी–४ का विप्लव बोहोराले सञ्चालनमा ल्याएको क्याफेमा विभिन्न परिकारको स्वाद लिन पाइने बताइएको छ । यस क्षेत्रमा सञ्चालित क्याफेको भन्दा फरक स्वाद चखाउन आफूहरुको प्रयत्न रहने सञ्चालक विशाल लम्सालले बताए । उनीहरुले ६० लाख रुपैयाँ लगानी गरेर क्याफे सञ्चालनमा ल्याएका हुन् । सञ्चालकद्वयले विदेशमा सिकेको सिपलाई यहाँ प्रयोगमा ल्याएका हुन् । यस प्रकारको क्याफे सञ्चालनमा आएपछि उर्लाबारीको व्यवसायिक क्षेत्रमा नयाँ आयाम थपिएको उर्लाबारी उद्योग वाणिज्य संघका पूर्व कोषाध्यक्ष सुनिल बोहोरा बताउँछन् ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय