
उर्लाबारी, २ वैशाख
प्रदेश नं. १ का प्रदेश प्रमुख पर्शुराम खापुङले उर्लाबारीस्थित अरनिको अस्पतालको अवलोकन गरेका छन् । शुक्रबार अवलोकन गर्दै उनले अस्पतालले दिँदै आएका सेवाको बारेमा जानकारी लिएका छन् ।
प्रदेश प्रमुख खापुङलाई अस्पतालका अध्यक्ष लोलिम पोमू लिम्बू र डा. सन्दिप अधिकारीले अस्पतालको बारेमा जानकारी गराएका थिए । सो अवसरमा अध्यक्ष पोमूले पूर्वी उत्तरी मोरङ, पश्चिमी झापालगायत क्षेत्रका विरामीहरुलाई बढीभन्दा बढी सेवा प्रदान गर्न अस्पताल लागि परेको जानकारी गराउँदै थप सेवा विस्तार गर्ने तयारीमा रहेको जानकारी गराएका थिए ।
अरनिको अस्पतालले सेवा सुविधा थप गर्दै लगेपछि उपचार र चेकजाँचका लागि मोटो रकम खर्चेर विराटनगर तथा धरानसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य भएको डा. सन्दीप अधिकारीले बताए ।



