About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी । नेकपा माओवादी केन्द्र उर्लाबारीले ५ वटा वडामा सर्वसम्मत वडाध्यक्षको उम्मेद्वार छानेको छ ।
वडाबाट सर्वसम्मत आएका नामहरुलाई अनुमोदन गरी जिल्ला समन्वय समितिमा सिफारिस गरिएको हो । वडा नं. ३ मा कविराज धिमाल, ४ मा मिलन दाहाल, ६ मा दिपक आलेमगर, ७ मा पवन चौधरी र ९ मा अमर सेलिङलाई सर्वसम्मत वडाध्यक्षको उम्मेद्वारमा सिफारिस गरेको छ । त्यस्तै, वडा नं. १ मा टेकबहादुर भट्टराई, मानबहादुर धिमाल (पवन),कृष्णप्रसाद रिजाल, वडा नं. २ मा देबेन्द्र खड्का, भीम तामाङ, वडा नं. ५ मा राजिब लिम्बू, लोकनाथ पौडेल, वडा नं. सविन घिमिरे, मात्रिका गौतम र इश्वरी पौडेलको नाम वडाध्यक्षमा सिफारिस भएको छ । वडा सदस्यहरुमा पनि अधिकांश वडामा सर्वसम्मत भएको छ भने केहीमा आकांक्षी धेरै देखिएको छ । यस पटक अधिकांश युवाहरुलाई उम्मेद्वारमा प्राथमिकता दिएको नगरअध्यक्ष गजेन्द्र दंगालले जानकारी दिनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय