About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २ वैशाख
उर्लाबारीमा तीन दर्जन हाराहारीमा निजी विद्यालय छन् । सबैले गुणस्तरीय शिक्षाको रटान गरेकै छन् । तर, निजी विद्यालयको भीडमा छुट्टै पहिचान बनाउन सफल भएको छ, उर्लाबारी–८ स्थित न्यू भिजन एकाडेमी । सीप, संस्कार र प्रविधियुक्त शिक्षालाई जोड दिएको यो विद्यालयले विद्यार्थीलाई पढाउने मात्र नभई सीप र संस्कार सिकाउँदै आएको प्रिन्सिपल अजीतकुमार भट्टराई बताउँछन् ।
बालबालिकाको अभिरुचि, स्वभाव र मनोविज्ञानलाई विचारेर एकान्त र स्वच्छ शैक्षिक वातावरणमा शैक्षिक गतिविधि सञ्चालन हुँदै आएका कारण नै न्यू भिजन अहिले अभिभावकको आकर्षण र रोजाइ बन्न पुगेको छ । ११ वर्षअघि स्थापित यो विद्यालयले शैक्षिक गुणस्तरको साथै भौतिक संरचना पनि विस्तार गरेको छ । दमक, उर्लाबारी, राजघाटको संगम मानिएको वैसाबारीमा भौतिक स्रोत साधनले भरिपूर्ण विद्यालय निर्माण भएपछि यस क्षेत्रका अभिभावकहरु उत्साहित छन् । सुन्दर, शान्त, वातावरण, बालमैत्री कक्षाकोठा र फर्निचर व्यवस्थापन, खानेपानी, शौचालय, खेल मैदान, चमेनागृह, पुस्तकालयले विद्यालयको उचाइ अझ थपेको छ ।


लामो समयदेखि शिक्षण पेसामा आवद्ध दक्ष, अनुभवी तथा उत्तरदायी शिक्षकहरुबाट उच्च प्रविधियुक्त कक्षा कोठामा शिक्षण हुँदै आएको प्रिन्सिपल भट्टराई बताउँछन् । अतिरिक्त क्रियाकलाप होस् या मन्टेश्वरी ल्याब, स्कुल बस, आधुनिक कम्प्युटर ल्याव, विज्ञान प्रयोगशाला विद्यालयले भरपर्दो प्रवन्ध मिलाएको छ । साढे ११ कठ्ठा जग्गामा रहेको भवनमा भुकम्प प्रतिरोधी २४ वटा कक्षा कोठा रहेका छन् । विद्यालयले बाल मनोविज्ञानमा आधारित रहेर शिक्षा प्रदान गर्दै आएको छ । ‘यहाँ सबै कक्षामा राम्रो हेरचाह हुन्छ, त्यसका लागि सीसी क्यामराको प्रवन्धसहित निगरानी गर्छौं’ प्रिन्सिपल भट्टराईले बताए ।
उत्साहित जागरुक, मेहनति र शिक्षा क्षेत्रमा लामो अनुभव संगालेका शैक्षिक एवम् सामाजिक व्यक्तित्वहरुको लगानीमा खुलेको न्यू भिजनले बालबालिकालाई युग सुहाउँदो पठनपाठन गराउँदै नैतिक चरित्र अनुशासन र बृद्धि विकासमा जोड दिँदै आएको अभिभावकहरुको बुझाइ छ । नृत्य, गायन, हस्तकला, चित्रकलाको भरपर्दो सिकाइले पढाइसँगै सिकाइमा प्रशस्त सम्भावनाका ढोका खुला भएको छ ।
न्यु भिजनमा साना कक्षामा पूर्ण मण्टेश्वरी विधिबाट सिकाइ हुँदै आएको छ । प्रदेश १ मै मन्टेश्वरी तालिम गराउन प्रख्यात दृपा भट्टराईको प्रत्यक्ष निगरानीमा कक्षा सञ्चालन हुँदै आएको छ । विद्यार्थीको प्रगतिमा नवीन तरिका अपनाउँदै उनीहरुलाई व्यक्तिगत काउन्सिलिङ गरेर सिकाइमा अभिप्रेरित गर्दै आएको प्रिन्सिपल भट्टराईले बताए । ‘हाम्रो उद्देश्य भनेको विद्यार्थीहरुलाई पढाइमा अब्बल बनाउँदै नैतिकवान बनाउनु र भविष्यमा गएर उनीहरुले समाजमा नेतृत्व प्रदान गर्न सकुन् भन्ने नै हो’ भट्टराईले भने ।


‘हरेक बालबालिकाको व्यक्तिगत स्वतन्त्रता उपभोग गर्दै आत्मनिर्भर बन्न र सक्षम हुन हामी प्रयत्नरत छौं’ उनले भने ‘बालबालिकाको उज्वल भविष्यका लागि हामी गम्भीर छौँ, जगैदेखि असल नागरिक बनाउने प्रयत्नमा छौं ।’ बालबालिकाको अभिरुचि अनुसार श्रव्य, दृश्य तथा आधुनिक प्रविधिबाट पठनपाठन गराउँदै आएको न्यू भिजन गुणस्तरीय शिक्षाको गतिलो गन्तव्य बन्दै गएको छ ।
नर्सरीदेखि कक्षा १० सम्म सञ्चालित विद्यालयमा ३२ जना शिक्षक र कर्मचारी कार्यरत छन् । यहाँ उर्लाबारी, दमक, पथरी, रतुवामाईलगायत क्षेत्रबाट विद्यार्थी आउने गरेका छन् । शिक्षण सिकाइका साथै विद्यालय समय समयमा सामाजिक कार्यमा अग्रसर हुँदै आएको छ । विभिन्न समयमा विद्यालयमै रक्तदान कार्यक्रम गरिएको छ, विभिन्न सामाजिक संघसंस्था, मठमन्दिरमा सहयोग प्रदान गरिएको प्रिन्सिपल भट्टराई बताउँछन् । शैक्षिक सत्र २०७८ मै विद्यालयका एक ब्लड क्यान्सर पीडित विद्यार्थीलाई ७५ हजार रुपैयाँ विद्यालयले सहयोग गरेको थियो । भावी दिनमा पनि सामाजिक कार्यमा विद्यालय पछि नपर्ने उनको भनाई छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय