About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १ वैशाख
वि.सं. २०७८ विदा भएर आजबाट २०७९ सुरु भएको छ । २०७८ लाई फर्केर हेर्दा राजनीतिक रुपमा अस्थिर वर्षको रुपमा रह्यो । प्रदेश नं. १ मा एकै वर्ष तीन जना मुख्यमन्त्री फेरिए । भदौ १० गते प्रदेश नं १ को सरकार परिवर्तन भयो । प्रदेश नं १ का तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिए ।
त्यस लगत्तै बसेको नेकपा एमाले प्रदेश संसदीय दलको बैठकले भीम आचार्यलाई प्रदेश संसदीय दलको नेतामा चयन गर्यो र उनलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरे । आचार्य मुख्यमन्त्रीको रुपमा दुई महिना आठ दिन मात्र रहे । कार्तिक १६ गते प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्रकुमार राई नियुक्त भए । भीम आचार्यले राजीनामा दिएपछि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीको समर्थनमा राई मुख्यमन्त्री बनेका हुन् ।
एकै वर्षमा तीन जना मुख्यमन्त्रीले कार्यकाल सम्हालेपनि प्रदेश १ को नामकरण अझै हुन सकेको छैन । प्रदेश सभा गठन भएको साढे चार वर्ष पूरा भइसक्दा पनि नामकरण नहुनु दुःखद रहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय