About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १ वैशाख
आधुनिक समयको माग अनुसार शिक्षा प्रदान गर्दै आएको विद्यालय हो, उर्लाबारी–५ स्थित सुनगाभा बोर्डिङ स्कूल । आधुनिक युगमा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि लामो समयदेखि निरन्तर रुपमा कटिबद्ध सुनगाभाले ‘शिक्षा सिकाइ नै सुन्दरता हो’ भन्ने मान्यता राख्दै भयरहित शिक्षा प्रदान गर्दै आएको संस्थापक प्रिन्सिपल भुवन श्रेष्ठ बताउँछन् ।
२०५० सालमा स्थापना भएको सुनगाभा २९ वर्षको दौरानमा गुणस्तरीय शिक्षामा अब्बल दरिएको छ । उर्लाबारीमा पहिलो पटक मन्टेश्वरी शिक्षा पद्धति सुरु गरेर अरु बोर्डिङभन्दा एक कदम अगाडि बढेको विद्यालयले यस क्षेत्रका निजी विद्यालय मध्ये बेग्लै शैली र पारामा शिक्षाको ज्योति फैलाउँदै आएको प्रिन्सिपल श्रेष्ठ बताउँछन् । आफ्नै सुविधासम्पन्न भवनमा सञ्चालित विद्यालयका हरेक संरचना विद्यार्थीमैत्री छन् । सुविधा सम्पन्न भवन, पर्याप्त कक्षा कोठा, होष्टलको सुविधा, खानेपानी, शौचालय, खेलमैदान, पुस्तकालय, टेबलटेनिस कोर्ट, चमेना गृह, स्वच्छ सफा वातावरण, सीसी टिभीको निगरानी सुनगाभाको अर्को सौन्दर्य पक्ष मानिएको छ ।


भौतिक पुर्वाधारले सम्पन्न यस विद्यालयको शैक्षिक वातावरण बालमैत्री रहनुका साथै विद्यार्थीलाई दबाब हैन हौसला भन्ने विचार राख्दै आएको प्राइमरी इञ्चार्ज मदन गुरुङको भनाई छ । २०५३ सालदेखि एसएलसीमा सामेल हुँदै वर्षेनि उत्कृष्ट नतिजा हात पार्दै आएको सुनगाभाबाट अध्ययन पूरा गरेका विद्यार्थीले राम्रो प्रगति गरेकोमा विद्यालय सञ्चालक गौरव गर्छन् । कोही डाक्टर बनी सेवा गरिरहेका छन् भने फुटबलर, इञ्जिनियर छन् त कोही उच्च शिक्षा हासिल गरी सामाजिक अगुवा भएका छन् । सुनगाभाको सान अनि मान बढाइरहेका पूर्व विद्यार्थीहरुको दक्षता देख्दा, सुन्दा खुशी लागेको संस्थापक÷प्रिन्सिपल श्रेष्ठ बताउँछन् । विश्व बजारमा बिक्ने र टिक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको यस विद्यालयले आफूलाई समय सापेक्ष बनाउँदै लगेको छ । सुनगाभामै अध्ययन गरेका सूर्य अधिकारी ए डिभिजन लिग खेल्ने फुटबल खेलाडी भएका छन् । पूर्व क्षेत्रमा हुने भलिबल प्रतियोगितामा यसै विद्यालयमा अध्ययन गरेका सुसन धिमाल, सुसन राई, कवि तामाङ र सन्जिव धिमाल खेल्दै आएका छन् । उनीहरुको उत्कृष्ट खेल कौशलले गर्दा सुनगाभाको सान र मान बढेको छ ।
असल र सफल नागरिक उत्पादन गर्ने मुहान बनेको सुनगाभामा पूर्वी मोरङका विभिन्न स्थानबाट विद्यार्थीहरु अध्ययनका लागि आउने गरेका छन् । यहाँ २०६५ सालदेखि +२ का कक्षाहरु सञ्चालित छन् । प्रत्येक वर्ष अपेक्षाकृत नतिजा प्राप्त गर्दै आएको सुनगाभामा +२ तर्फ १ सय विद्यार्थी छन् भने मावितर्फ ५६५ विद्यार्थी अध्ययनरत छन् ।
शिक्षक, कर्मचारी सबैगरी ५१ जनालाई सुनगाभाले रोजगार प्रदान गरेको व्यवस्थापन निर्देशक वसन्त शाक्यले बताए । २ वटा बस र एउटा माइक्रोबसको सुविधा, कम्प्यूटर शिक्षा, विज्ञान प्रयोगशाला भएको सुनगाभामा विद्यार्थीको रुचि उमेरलाई ख्याल गर्दै व्यवस्थित रुपमा पठनपाठनको व्यवस्था मिलाइएको उनले बताए । यस विद्यालयबाट अध्ययन पुरा गरेका मेधावी विद्यार्थी स्वदेश तथा विश्वको विभिन्न स्थानमा महत्वपूर्ण जिम्मेवारी सम्हालेर काम गरिरहेको तथ्यले सुनगाभाको गुणस्तरीयतालाई मापन गरिएको अभिभावक वर्गको बुझाई छ ।
यस्तै, विद्यार्थीलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ र सबल बनाउँदै अनि अनुशासित बनाउने उद्देश्यले विद्यार्थीका लागि विभिन्न खेलकुद, हाजिरीजवाफ, नृत्य, गायन, चित्रकला, साहित्यिक कार्यक्रम, हस्तकला, फुटबल, भलिबल, बास्केटबल, बुद्धिचाल तथा अन्य खेलकुद तथा अतिरिक्त क्रियाकलापको विकासको लागि विद्यालय लागि परेको प्राइमरी इञ्चार्ज मदन गुरुङले बताए । जिल्ला, नगर, क्षेत्र अन्तर्गतका प्रतियोगितामा सुनगाभाले उत्कृष्ट स्थान प्राप्त गर्दै आएको छ ।


सुनगाभाका विविध सफल पक्ष भनेको परीक्षा पद्धति पनि हो । समयमा परीक्षा, समयमा नतिजाको उद्देश्य अनुरुप वार्षिक शैक्षिक क्यालेण्डर अनुसार परीक्षा सञ्चालन गरिदै आएको छ । बालमैत्री पूर्वाधारको व्यवस्था, दक्ष र तालिम प्राप्त शिक्षक शिक्षिकाद्वारा पठनपाठन, अडियो भिडियो कक्षाको व्यवस्था गरिएको छ । निजी विद्यालय भएर पनि सुनगाभा समाजको ऐना बन्न सफल भएको छ । समाजमा बसेर सामाजिक हुन विद्यालयले सिकाएको छ । समाजमा रहेर सहयोगी बन्न र बाँच्न सिकाएको सुनगाभाले सामाजिक उत्तरदायित्व राम्ररी बुझेको देखिन्छ । विद्यालयले नमुना बाल गृह, मृगौला पीडित, विभिन्न मठ मन्दिरलगायत थुप्रै सामाजिक, धार्मिक, शैक्षिक संस्थालाई सहयोग गर्दै आएको संस्थापक÷प्रिन्सिपल भुवन श्रेष्ठ बताउँछन् । श्रेष्ठ आफैं सामाजिक कार्यमा सक्रिय संस्था रोटरी क्लब अफ उर्लाबारीका अध्यक्ष छन् । उक्त संस्थामा रहेर पनि उनले उल्लेख्य सामाजिक कार्य गर्दै आएका छन् ।
सुनगाभाले प्रत्येक कक्षामा उत्कृष्ट नतिजा ल्याउने तीन जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । विद्यार्थीहरुमा स्वच्छ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले प्रत्येक त्रैमासिक परीक्षामा उत्कृष्ट हुने तीन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिँदै आएको छ । यो विद्यालयको अर्को विशेषता भनेको स्मार्ट स्टडी हल हो । सुविधा सम्पन्न स्टडी हल निर्माण गरिएको छ । जहाँ विद्यार्थीहरुले आफूलाई मन लागेको पुस्तक पढ्न पाउने सुविधा प्रदान गरिएको प्रिन्सिपल श्रेष्ठले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय