About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

 

सुनसरी,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठवन्धनका मात्र होइन अन्य दलहरुपनि मोर्चा कसेर आउन चुनौती दिनुभएको छ । एमाले सुनसरीले इनरुवामा आयोजना गरेको सभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो “कमजोरहरु मिलेर आउन एमाले एक्लै काफी छ ।” उहाँले एमालेमा देशब्यापी प्रवेशको लहर देखेर गठवन्धनका दलहरु आत्तिएको वताउनुभयो । कम्युनिष्टको खोल ओढेर काँग्रेसको दुनो वोक्दै चुनावमा आउनेलाई चिन्न उहाँको आग्रह छ ।एमालेलाई कुनै वेला मधेशविरोधी भनेर आरोप लगाएपनि एमाले मधेशीजनताको पार्टी भएको उहाँले दावी गर्नुभयो । अहिले मधेशमा छाएको जनलहरुले एमाले मधेशी जनताको ढुकढुकी भएको पुष्टि गरेको वताउनुभयो । मधेशी जनताले एमालेलाई गरेको विश्वास तलमाथि हुन नदिने प्रतिवद्धता समेत जनाउनुभयो । कार्यक्रममा भोक्राहा नरसिंह गाँउपालिका अध्यक्ष महेन्द्र यादव लगायत ३९ सय जना ब्यक्तिहरु विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेका छन ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय