About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी, ३० चैत
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । गत स्थानीय तह निर्वाचनमा संघीय समाजवादी फोरम, नेपाल (हालः जनता समाजवादी पार्टी) बाट निर्वाचित यादवलाई आज इनरुवामा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष ओलीले पार्टीमा स्वागत गरे ।
यादवलाई एमाले प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओली सुनसरी सदरमुकाम इनरुवा आएका हुन् । ओलीले गाउँपालिका अध्यक्षसहित विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुलाई स्वागत गरेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय