About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २९ चैत
सत्ता साझेदार दलहरुको गठबन्धनले स्थानीय तह निर्वाचनको तालमेलका आधारहरु तय गरेका छन् । उनीहरुले वैशाख पहिलो साता मात्र सिट बाँडफाँट टुंगो लगाउने गरी चुनावी तालमेलका आधारहरु तय गरेका छन् ।
सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको मंगलबार बसेको बैठकले तालमेलका ७ आधार तय गरेको छ र तालमेलबारे निर्णय गर्ने संयन्त्रहरु बनाएको छ । यी हुन तालमेलका ७ आधारः
१) २०७४ सालको स्थानीय निर्वाचनमा प्रमुख पदमा विजयी एकीकृत समाजवादीका उम्मेदवारहरुलाई मान्ने ।
२) २०७४ को स्थानीय निर्वाचनमा दलका उम्मेद्वारले पालिका र वडामा पाएको मतको मतभार ।
३) २०७४ को स्थानीय निर्वाचनमा विजयी नभए पनि स्थानीय तहमा उपस्थित रही यथासक्य गठबन्धनमा सहभागी ।
४) २०७४ को स्थानीय निर्वाचनमा गठबन्धन बाहेकका दल विजयी भएका स्थानमा गठबन्धन भित्रका दलहरुले प्रमुख पदमा पाएको मत
५) एकीकृत समाजवादीले २०७४ को निर्वाचनमा उक्त पार्टीको रुपमा सहभागी नभएको हुँदा उक्त पार्टीलाई नेकपा एमाले विभाजित भएर बनेको मुख्य शक्तिका रुपमा स्वीकार गर्ने ।
६) सिट बाँडफाँड गर्दा माथि उल्लेखित आधारका साथै वर्तमान समयमा दलहरुको संगठनात्मक अवस्था र जनसमर्थनलाई ध्यान दिने ।
७) गठबन्धनमा रहेका दलहरुबीचमा चुनावी तालमेल गर्न पाउने ।
सत्तारुढ पाँच दलले वडा सदस्य र वडाध्यक्षमा चुनावी तालमेल गर्ने अधिकार पालिकास्तरीय संयन्त्रलाई दिएका छन् । यस्तै, नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुखकमा तालमेल तथा बाँडफाँटबारे जिल्लास्तरीय संयन्त्रले ३ वैशाखभित्र प्रदेशलाई सिफारिस गर्ने र प्रदेशले ५ गते केन्द्रमा पठाउने निर्णय छ । महानगर र उपमहानगर प्रमुख र उपप्रमुखको सिट बाँडफाँट केन्द्रीय संयन्त्रले गर्ने निर्णय भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय