
उर्लाबारी, २९ चैत
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) को केन्द्रीय र प्रदेश कार्यसमितिमा निर्वाचित उर्लाबारीका प्याव्सनिष्टलाई बधाई ज्ञापन गरिएको छ । प्याव्सन नगर समिति उर्लाबारीले आज एक कार्यक्रम आयोजना गरी केन्द्रीय सदस्यमा निर्वाचित केदार खनाल र प्रदेश सदस्यमा निर्वाचित भुवन श्रेष्ठलाई बधाई तथा शुभकामना ज्ञापन गरेको हो ।
केन्द्रीय सदस्यमा निर्वाचित खनाल उर्लाबारी–७ स्थित भृकुटी मोडल एकाडेमीका प्रिन्सिपल हुन् भने प्रदेश सदस्य श्रेष्ठ उर्लाबारी–५ स्थित सुनगाभा बोर्डिङका संस्थापक÷प्रिन्सिपल हुन् ।
बधाई कार्यक्रममा प्याव्सनका निवर्तमान केन्द्रीय सदस्य लेखनाथ भट्टराई, प्याव्सन मोरङका उपाध्यक्ष सुरेन्द्र सुवेदी, प्याव्सन मोरङका सल्लाहकार सुवास राई, कोप्याव्स संयुक्त क्लष्टरका अध्यक्ष टिकाप्रसाद दंगाल, पथरीशनिश्चरे प्याव्सनका अध्यक्ष सुरेन्द्र लिम्बू, मिक्लाजुङ प्याव्सनका अध्यक्ष नवराज दवाडीलगायतले शुभकामना मन्तव्य राखेका थिए । यस्तै, प्याव्सन केन्द्र र प्रदेश सदस्य क्रमशः केदार खनाल र भुवन श्रेष्ठले कृतज्ञता मन्तव्य राखेका थिए ।
प्याव्सन उर्लाबारीका अध्यक्ष दिनेश पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कुवेर न्यौपानेले गरेका थिए । निजी विद्यालयहरुको हकहितका साथै सामाजिक कार्यमा सक्रिय उर्लाबारी प्याव्सन उत्कृष्ट पालिका समितिको रुपमा परिचित छ ।



