About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी, २९ चैत

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि सुनसरीको इनरुवा आउने भएका छन् । नेकपा एमाले सुनसरीले आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्न अध्यक्ष ओली सुनसरी आउन लागेका हुन् । भोलि मध्यान्न १२ बजे महेन्द्रचौकमा जनसभा सुरु हुने एमाले सुनसरी अध्यक्ष रेवती भण्डारीले जानकारी दिए ।

जिल्ला भरबाट ३० हजार जनता इनरुवामा भेला हुने उनको अपेक्षा छ । करिव ३ हजार जना विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्ने कार्यक्रम रहेको अध्यक्ष भण्डारीले बताए । जसपा, माओवादी केन्द्र, नेपाली काँग्रेस लगायतका पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुको सुनसरीमा लहरै चलेको उहाँको दाबी छ । जिल्ला भरका आधाभन्दा बढी माओवादी एमाले प्रवेश गरिसकेको अध्यक्ष भण्डारीले बताए ।आगामी निर्वाचनमा सुनसरीको १२ पालिकाका १ सय २४ वडामध्ये वहुमत वडाहरुमा एमालेले जित्ने अध्यक्ष भण्डारीको दावी छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय