About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २९ चैत
इलाका प्रहरी कार्यालय उर्लाबारीबाट सरुवा भएका प्रहरी निरीक्षक राजाराम खड्काको उर्लाबारी नगरपालिकाले विदाई गरेको छ । आज नगरपालिकामा एक कार्यक्रम गरी प्रनि खड्काको विदाई गरिएको हो ।
इप्रका उर्लाबारीको नेतृत्व सम्हालेर एक वर्षसम्म बस्दा प्रनि खड्काले कुशल कार्य गरेको भन्दै नगर प्रमुख खड्ग फागोले प्रसंसा गरे । यो अवधिमा शान्ति सुरक्षा मजबुद भएकै कारण खासै अप्रिय घटना नभएको उनको भनाई थियो । यस्तै, नगर उपप्रमुख लक्ष्मीदेवी भण्डारीले कुशल नेतृत्वकर्ताको जहाँ, जहिले पनि सम्मान हुने बताउँदै प्रनि खड्काले उर्लाबारीमा रहँदा गरेका कार्य स्मरणीय रहने बताइन् ।
सो अवसरमा विदाई ग्रहण गर्दै प्रहरी निरीक्षक राजाराम खड्काले एक वर्षसम्म उर्लाबारीमा रहँदा यहाँका जनप्रतिनिधि, संघसंस्थाका प्रमुख र जनताको माया र साथ पाएको बताए । सबैको साथ सहयोगले समाजमा शान्तिसुरक्षा कायम हुने बताउँदै उनले उर्लाबारीमा रहँदा आफूलाई स्थानीय वासिन्दाको भरपुर सहयोग प्राप्त भएको जनाए ।
नगर प्रमुख खड्ग फागोको अध्यक्षतामा भएको कार्यक्रममा उर्लाबारीमा क्रियाशील राजनीतिक दलका प्रमुखहरु, वडाध्यक्षहरु, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय