
उर्लाबारी । तेस्रो मिस उर्लाबारीको उपाधि मिक्लाजुङकी दिया दाहालले जितेकी छिन् ।
होटल ग्रान्डमा आज राती सम्पन्न फाइनल राउण्डका १७ जनालाई पछि पार्दै नेपाल दर्शन कलेज उर्लाबारीमा अध्ययनरत दाहालले उपाधि जितेकी हुन्। उपाधिसँगै दाहालले पचास हजार नगद पाइन् । त्यस्तै, फष्ट रनरअप उर्लाबारी–६ की ज्वाला लिम्बूले नगद तीस हजार पाइन् भने सेकेन्ड रनरअप उर्लाबारी–७ की अंकिता कटवालले नगद बीस हजार पाइन्। समापन कार्यक्रममा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको थियो । मिस उर्लाबारीको आयोजना सेन्ट्रल फेशन हब, उर्लाबारी तथा बिशेष सहयोग उर्लाबारी नगरपालिकाको रहेको थियो । यस अघि २०१३ मा नेमिता आङ्गबुहाङ्ग र २०१८ मा रुशाली केसी मिस उर्लाबारी भएका थिए ।



