
इटहरी वडा ४ मा भएको निशुल्क आँखा शिविरमा ३०० जनाले सेवा लिएका छन । इटहरी उपमहानगरपालिकाको सहयोगमा लायन्स क्लव अफ इटहरी सम्वृद्धि,एक्टिभ,सिटिजन्स,स्मार्टसिटी,इनोभेसन,सुपरसिटि लगायतका संस्थाहरुले आयोजना गरेको शिविरमा १५ जना मोतियाबिन्दुको समस्या भएका बिरामी पहिचान भएका छन । मोतिबिन्दु समस्या हुनेलाई निशुल्क अपरेशनको लागि नबदृष्टी आँखा अस्पतालले समन्वय भएको छ । आँखा शिविरमा निशुल्क चेकजाँच,औषधी वितरण र चश्मा पनि निशुल्क वितरण गरिएको छ । नबदृष्टी आँखा अस्पतालको सहयोगमा निशुल्क आँखा शिविर भएको हो । कार्यक्रम विभिन्न लायन्स क्लवहरुका साथै नेपाल घरेलु तथा साना उद्योग महासंघ,महिला उद्यमी समिति सुनसरी, नेपाल घरेलु तथा साना उद्योग महासंघ इटहरी,होटल तथा लज ब्यवसायी संघ इटहरीको संयुक्त आयोजनामा भएको हो । इटहरीका सवै वडाहरुमा निशुल्क आँखा शिविर गर्ने क्रममा भोली इटहरी वडा नम्वर ९को वडा कार्यालयमा शिविर हुने होटल तथा लज ब्यवसायी संघ इटहरीका अध्यक्ष उमेश दाहालले वताउनुभयो ।



