About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

नेकपा एमालेले २७ बर्षका युवालाई गाँउपालिका अध्यक्षको उमेदवार वनाउन सिफारिस गरेको छ । कञ्चनपुरको बेलडाँडी गाउँपालिका अध्यक्षमा इन्जिनियर ईन्द्र पौडेलको नाम सिफारिस भएको हो ।एमाले बेलडाँडीले अनेरास्ववियूका सचिवालय सदस्य पौडेललाई अध्यक्षमा सिफारिस गरेको हो ।पौडेल पश्चिमाञ्चल इञ्जिनियर क्याम्पसमा पोखरामा स्ववियु सभापतिसमेत हुनुहुन्छ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा बेलडाँडी गाउँपालिका एमालेले जीतेको पालिका हो । अहिले त्यहाँ एमालेका धन वहादुर क्षेत्री गाँउपालिका अध्यक्ष हुनुहुन्छ । उहाँ ३२१५ मत ल्याएर विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका चन्द्र वहादुर सिंहले २५९६ मत ल्याउनुभएको थियो । सो गाँउ पालिकाको उपाध्यक्ष पनि एमालेले नै जितेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय