About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २७ असार
निर्वाचन आयोगले प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र वैधानिक रहेको बताएको छ । माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाउँदै दर्ता भएका निवेदन र दावी दुबैलाई आज बसेको आयोगको बैठकले खारेज गरेको छ ।
नेपालको संविधान, प्रचलिन कानुन, राजनीतिक दल सम्बन्धी ऐन र उपलब्ध तथ्यहरूका आधारमा नेकपा माओवादी केन्द्रको विद्यमान अस्तित्व वैधानिक रहेको आयोगले ठहर गरेको छ । पूर्वमाओवादी नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, लेखराज भट्टलगायतले आयोगमै पुगेर माओवादी अवैधानिक भएको दावी पनि गरेका थिए । यस्तै, माओवादी केन्द्र आफू मातहत रहेको भनी भविश्वर पराजुलीले दिएको निवेदन पनि आयोगले खारेज गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय