About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी, २८ चैत
नेकपा एमालेले इटहरी उपमहानगरपालिकाको मेयरको लागि ६ जनाको नाम सिफारिस गरेको छ। आइतबार बसेको एमाले नगर कमिटी सचिवालय बैठकले अहिलेका मेयर द्वारिकलाल चौधरी सहित ६ जनाको नाम सिफारिस गरेको हो ।
नगर कमिटीले सिफारिस गरेका नामहरुमा चौधरीसहित, वर्तमान उपमेयर लक्ष्मी गौतम, एमाले उपमहानगर कमिटीका अध्यक्ष यामकुमार सुब्बा, इटहरी खानेपानीका अध्यक्ष रामप्रसाद चौलागाईं, इटहरी उपमहानगरका पूर्व अध्यक्ष रेवतीप्रसाद घिमिरे र एमाले सुनसरी सदस्य बन्नुलाल चौधरी रहेका छन् । एमालेले उपमेयरमा ९ जनाको नाम सिफारिस गरेको छ । उपमेयरमा अम्बिका चौधरी, बिष्णु शर्मा (नेपाल), अमला श्रेष्ठ, अनिता शर्मा, संगीता चौधरी, रामचरण चौधरी, गायत्री चौधरी, रुक्मिणी कोइराला र मिथिला पोख्रेलको नाम सिफारिस भएको छ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय