About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

जनकपुर, २८ चैत
सेवाग्राहीसँग ५ लाख घुस लिएको आरोपमा मालपोत कार्यालयका निमित्त प्रमुख पक्राउ परेका छन् । मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिलकुमार झालाई जनकपुरधामको भानुचौकबाट आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले घुससहित पक्राऊ गरेको जनाएको छ ।
जग्गाको हकछाप मुद्दाको फैसला प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा उनी पक्राउ परेका हुन् । थप विषयमा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय