
आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको लागि नेकपा एमाले धरानले मेयरमा ११ जना र उपमेयरमा ६ जनाको नाम सिफारिश गरेको छ । धरानको मेयरका लागि मन्जु भन्डारी, मनोज कुमार मेन्याङ्बो, विजय राई, प्रकाश राई, मोतिराज सुनुवार, दोर्पध्वज राई, किशोर कुमार कार्की, मीन सुब्बा, नारायण सुबेदी, राजमणी निरौला र तिर्थ मास्केको नाम सिफारिस भएको छ । यसैगरि, उपमेयरमा आकांक्षी रहेका शुसिला पहाडी, लहरु जिमी, पदम इस्वो लिम्बु, इन्द्रकला राई, सविता चाम्लिङ र लिला राईको नाम पनि सिफारिश गर्ने निर्णय भएको छ । उपमहानगरपालिकाको मेयर र उपमेयर केन्द्रले तय गर्ने छ । जिल्ला कमिटीबाट प्रदेश कमिटी हुदै केन्द्रीय कमिटीमा उम्मेद्वारका आकांक्षीहरुको नाम सिफारिश हुनेछ । जिल्ला र प्रदेश कमिटीले आवश्यकताको आधारमा नाम काँटछाँट गर्न सक्नेछ ।



