About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २७ चैत
चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेले विजय सुवेदीलाई उम्मेद्वार बनाउने भएको छ । आइतबार बसेको जिल्ला कमिटीको बैठकले सुवेदीलाई सर्वसम्मत रुपमा उम्मेद्वार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।
बैठकले ०७४ को निर्वाचनमा मेयरमा पराजित भएका नेता देवी ज्ञवालीको प्रस्ताव र सांसद कृष्णभक्त पोखरेलको समर्थनमा सुवेदीलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो । सुवेदी प्रदेशसभा सदस्य हुन् । सुवेदी यसअघि नेतृ अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा सामाजिक विकासमन्त्री बनेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय