
दमक, २७ चैत
झापामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । आइतबार अपराह्न परेको चट्याङ लागेर जिल्लाको गौरादह नगरपालिका–५ की ४० वर्षीया मनमाया थापाको मृत्यु भएको हो ।
घर पछाडिको बारीमा काम गर्दै गरेकी थापालाई चट्याङ लागेपछि उनी सिकिस्त बनेकी थिइन् । उपचारका लागि गौरादहस्थित मेडिम्याक्स अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।



