About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २६ चैत
नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल पूर्वी मोरङ शाखाले पार्टीका उम्मेद्वारहरुलाई स्थानीय तहको निर्वाचनमा विजयी गराउन प्रचारप्रसारका लागि कमाण्डर खटाएको छ । शनिबार उर्लाबारीमा प्रेस सेन्टर पूर्वी शाखाका अध्यक्ष सरोज बस्नेतको अध्यक्षतामा बसेको बैठकले बेलबारीमा सन्दिप राई, केराबारीमा भक्तशेर लिम्बू, पथरीशनिश्चरेमा मोहन भट्टराई, सुन्दरहरैचामा विपुल सुवेदी, लेटाङमा डम्बर सेन्चुरी, रतुवामाईमा पुजन दास, मिक्लाजुङमा गोपाल नेपाली, उर्लाबारीमा सम्झना राई, कानेपोखरीमा जनक ढकाल र भगतराम चौधरी तथा सुनबर्षीमा अर्जुन जम्नेलीलाई कमाण्डर तोकेको छ ।
यस्तै, पूर्वी मोरङको बेलबारी, पथरीशनिश्चरे र उर्लाबारीमा न्यूज डेक्स तोकेको छ । बेलबारी, केराबारी, सुन्दरहरैचा र लेटाङका लागि भक्तशेर लिम्बू, वविता साम्पाङ, अम्बिका भण्डारी, किशन शाही, सन्दीप राई, डम्बर सेन्चुरी, मौसम लिम्बू, विपुल सुवेदी, क्रान्ति लिम्बू, ऋषि राई, खेम देवानलगायत खटिने छन् । त्यस्तै, उर्लाबारी, रतुवामाई र मिक्लाजुङमा सरोज बस्नेत, गोपाल नेपाली, पुजन दास, सम्झना राई, विक्रम लिम्बू, रमेश भण्डारी, गणेश श्रेष्ठलगायत खटिने भएका छन् । त्यस्तै, पथरीशनिश्चरे, कानेपोखरी, सुनबर्षीमा मोहन भट्टराई, अर्जुन जम्नेली, जनक ढकाल, भगतराम चौधरी, रामकुमारी राई, सुमन लिम्बू, सिर्जना लिम्बू, एलिना दियालीलाई खटाएको छ ।
पार्टीकी केन्द्रीय सदस्य ममता राजवंशीको प्रमुख आतिथ्यतामा भएको बैठकमा प्रेस सेन्टर नेपालका प्रदेश नं. १ का इन्चार्ज तथा पत्रकार महासंघ प्रदेश नं. १ का महासचिब विवेक गौतम, प्रेस सेन्टर नेपाल प्रदेश नं. १ का अध्यक्ष विनोद घिमिरे, मोरङ अध्यक्ष अर्जुन आचार्य, नेकपा माओवादी केन्द्र उर्लाबारीका अध्यक्ष गजेन्द्र दंगाललगायतले बोल्दै जसको नीति उसैको नेतृत्व अपरिहार्य भएको र अब माओवादीका उम्मेद्वारहरुलाई विजयी गराउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रम सञ्चालन पूर्वी शाखाका सचिब सन्दिप राईले सञ्चालन गरेका थिए ।
सोही अवसरमा डेली नेपालका सञ्चालक खेम देवान, पब्लिक आवाजका सञ्चालक विक्रम लिम्बू, अलमिक्सका सञ्चालक रमेश भण्डारी, गणेश श्रेष्ठ र डिटिभी नेपाल वानका सञ्चालक अभियान लिम्बू प्रेस सेन्टरमा प्रवेश गरेको अध्यक्ष सरोज बस्नेतले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय