
काठमाडौं, २६ असार
नेपालमा आज २१६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ४१७ जनामा कोरोना परीक्षण भएकामा २१६९ जनामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा २२ जनाले ज्यान गुमाएका छन् भने १४३२ जना संक्रमणमुक्त भएका छन् ।
हालसम्म देशभर संक्रमितको कुल संख्या ६ लाख ५४ हजार २१२ (पीसीआर) र ४३ हजार ४५ (एन्टिजेन) पुगेको छ । निको हुनेको संख्या ६ लाख १६ हजार ३६१ पुगेको छ भने मृतकको संख्या ९ हजार ३६२ पुगेको छ ।



