About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २६ चैत
नेकपा एमाले निकट रिटर्नी फेडेरेसन नेपाल उर्लाबारी नगर कमिटी गठन भएको छ । आज नेकपा एमाले नगर पार्टी कार्यालय मंगलबारेमा भएको प्रथम नगर भेलाले उर्लाबारी–५ का राम अधिकारीको अध्यक्षतामा २७ सदस्यीय नगर कमिटी गठन गरेको हो ।
नगर कमिटीको उपाध्यक्षमा गोपाल भट्टराई, सचिवमा टिकाराम गुरागाई, सहसचिवमा चक्र कार्की र कोषाध्यक्षमा तिर्थकुमार गुरुङ रहेका छन् । भेलाका बक्ताहरुले अब कोही पनि नेपाली युवाहरु विदेशिनु पर्ने बाध्यतालाई हटाउन यो संगठनले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय