About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २६ चैत
आसन्न स्थानीय तह निर्वाचनका लागि प्रदेश नं. १ को एक मात्र महानगरपालिका विराटनगरमा नेकपा एमालेले मेयर र उपमेयरको नाम सिफारिस गरेको छ । एमाले विराटनगर महानगर कमिटीको शनिबार बसेको बैठकले मेयरमा पाँच जना र उपमेयरमा तीन जनाको नाम सिफारिस गरेको हो ।
मेयरमा रामलाल साह, बाबुराम कार्की, सागर थापा, पर्शुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस भएको छ भने उपमेयरमा शिल्पा कार्की, बिमला घिमिरे दाहाल, अन्जु उपाध्याय (शिला) को नाम सिफारिस गरेको छ । जिल्लाले प्रदेशमा पठाएपछि प्रमुख र उपप्रमुखको नाम टुंग्याउने बताइएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय