
नेकपा एमाले इटहरी चुनावी अभियानमा उत्रिएकोे छ । नेकपा एमाले इटहरीका अध्यक्ष याम सुब्बाले आज एक कार्यक्रमका विच २०२१ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा गर्नुभयो । एमाले केन्द्रीय सदस्य तैयव हुसेनको संयोजकत्वमा निर्वाचन परिचालन समिति घोषणा गरिएको हो । समितिको सह संयोजकहरुमा राम प्रसाद चौलागाई,हिमाल सुवेदी प्रमोद शेर्पा र रोहित कार्की हुनुहुन्छ । सचिवमा रुपेश वस्नेत रहनुभएको छ । एमाले केन्द्रीय सदस्य तैयव हुसेनले अघिल्लो निर्वाचनको शाखलाई अझ उचो वनाउने गरि नेकपा एमाले इटहरी चुनावी मैदानमा उत्रिएको वताउनुभयो । केन्द्रीय सदस्य इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले इटहरी उपमहानगरपालिकामा पाँच वर्षमा भएका मुख्य मुख्य कार्यहरुको वारेमा जानकारी गराउनुभयो । कार्यक्रममा प्रदेश सांसद सर्वध्वज साँवाले गत निर्वाचनमा पाँच वटा वडामा सवै सदस्य जित्दा पनि वडाध्यक्ष हार्नुपरेको स्मरण गराउदै यसपटक त्यस्तो हुन नहुनेमा जोड दिनुभयो । कार्यक्रममा एमाले नेताहरु हिमाल सुवेदी,प्रमोद शेर्पा,राम प्रसाद चौलागाँई,चन्द्र भटटराई,विष्णु शर्माले शुभकामना मन्तब्य ब्यक्त गर्नुभयो ।नगरअध्यक्ष याम सुब्बाले कञ्चनजंघा जस्तो दर्विलो छाती वनाएर एमाले इटहरी चुनावी मैदानमा उत्रिएको वताउनुभयो ।



