About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

२०७८ चैत्र २६ गते शनिबार ०९ अप्रिल २०२२ । चैत्र शुक्लपक्ष अष्टमी २२ः२७ पछि नवमी तिथी । पुनर्वसु नक्षत्र, २६ः२६ बजेदेखि तिष्य । चन्द्रराशी – मिथुन राशी ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

सिनियर कर्माचारीलाई हातमा लिदै जुनियर कर्मचारीको साथ लिँदै प्रशस्तै लाभ लिने समय छ । पूजा सामग्रीको व्यवसाय फस्टाउने समय छ । लामो समयदेखि देखेको पुरानो सपना पुरा गर्दै जाने समय छ । विद्यार्थीको लागि आजको दिन उत्तम छ । आफन्तको सहयोग लिएर कामा गर्नुहोला सहज हुनेछ ।

बृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

राइडरको लागि समय उपयुक्त छ तर सवारी साधनमा यात्रा नगर्नु होला । स्वास्थ्य दुर्घटनाको सम्भावना हुनाले सचेत रहनुहोला । सासु–बुहारीको समस्या समाधान हुनेछ । काम बोलेको नै उपयुक्त हुनेछ, बोल्दा ख्याल नगर्दा बिवादमा पर्नुहुनेछ । कथा वाचक तथा संगीतकारको लागि समय उत्तम छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

इलेक्ट्रोनिक्स वस्तुको व्यवसाय फष्टाउदै जानेछ, मनग्य लाभ लिनुहुनेछ । माइतीको साथ र सहयोगले गर्दा काम बन्न सहज हुनेछ । लगनशील हुनाले विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिक आम्दानीमा समेत परिवर्तन आउन सक्छ । तेलजन्य वस्तुको व्यवसाय फस्टाउदै जाने समय छ । बेमौसमी तरकारी व्यवसाय फस्टाउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

तपाईंको कला र गलाको सम्मान हुने समय छ, विशेष वैदेशिक यात्रामा रमाइलो हुनेछ । कष्टकर काम गरेर आफ्नो सम्मान बढाउने समय छ । अर्थशास्त्रीको लागि आजको दिन उत्तम छ । फूलको व्यवसायमा घाटा बेहोर्नुपर्ने हुनसक्छ । पत्रकारको लागि समय प्रतिकुल रहेको छ । पेटको समस्याले सताउन सक्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

उच्च तथा रमाइलो अनि रोमाञ्चक क्षेत्रमा यात्रा गरेर समय व्यतित गर्नुहुनेछ । डाक्टर तथा नर्सको लागि आजको दिन लाभदायक छ । खेलाडीको लागि आजको दिन लाभप्रद छ । अति नै बहुमूल्य वस्तु तथा पुराना चिजबीज संकलन गर्न मन जानेछ । दिगो फाइदा हुने काम सम्पन्न हुनेछ । फोटोग्राफरको लागि समय उत्तम छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

पैत्रिक सम्पत्तिमा आएको झमेला हल हुनेछ । रमाइलो तवरले विभिन्न धामको यात्रामा सामेल हुनुपर्नेछ । कथा लेखन शैलीमा निखारता छाउने समय छ । आँखाको समस्याले सताउन सक्नेछ । कर्मचारीको सद्भाव प्राप्त हुनाले महत्वाकांक्षी काम सहजै बन्नेछ । कपालको समस्याले सताउन सक्नेछ । भाषाको ज्ञान बृद्धि हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

शंका र भ्रमले डेरा जमाउने समय छ तर जीत भने तपाईंकै हुनेछ । मासु व्यवसाय तथा मादक पदार्थको व्यवसायबाट मनग्य लाभ मिल्नेछ । कागजको काममा भने सोचे अनुकुल फाईदा नहोला । छालाको समस्याले सताएर दिनलाई सहज मान्न केही गार्हो पर्ला । शिक्षामा सोचे अनुकुल समय छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नचाहिँदा काम गर्ने प्रवृत्तिको विकास हुनेछ, सजग रहनुहोला । संगत गलत पर्न सक्नेछ । आर्थिक पक्ष बाधक बन्ने समय भएता पनि काम भने रोकिने छैन । कम्फु करातेमा दक्षता बढ्दै जाने समय छ । मेहनत अनुरुपको फाइदा नहुँदा मनमा भएको उमङ्ग हटेर जानेछ । गुरुजनको सल्लाहले अगाडि बढेमा सफलता तपाईंको पोल्टोमा पर्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आजको दिनको अंश छरछिमेक तथा आफन्तलाई छुट्याउनु पर्नेछ । टाउकोको समस्याले सताउन सक्नेछ । पढाइ वा तालिमका सिलसिलामा स्थानान्तरणको योग छ । ढिलाइ भएता पनि सफलताको जडी सूत्र पत्ता लाग्ने दिन हो आज । उच्च शिक्षामा सफलता मिल्दै जाने समय छ । धर्मकर्ममा मन जानेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज सम्बन्ध सुदृढ बनाउने समय छ, साथै दानपुण्य र परोपकारमा मन जाने दिन देखिन्छ । लगनशील भएता पनि मेहनत अनुरुप सफलता भने मिल्न गाह्रै पर्नेछ । बिषालु जन्तुको टोकाइबाट बच्नुहोला । गैरकानुनी कामबाट टाढै रहनु होला । फस्ने तथा जेलनेलको भय पनि रहेको छ तपाईंको आज । स्त्रीको तल्लो पेटको समस्याले सताउन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

बन्द–व्यापारमा सोचेजस्तो लाभ हुन गाह्रै पर्ला । अध्यापनको लगावले बौद्धिक क्षेत्र अझ फराकिलो बन्नेछ । जग्गा–जमिनको कारोबारमा लाभ भनेजस्तो नमिल्ला । आफन्तसँगको सहयोग र सद्भावले मनमा आनन्द लिने समय छ । काष्ठ फर्निचरको व्यवसाय राम्रै हुनेछ । जोखिमताको काममा भने अगाडि नबढ्नुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

प्रशासनिक क्षेत्रको काममा लाभ मिल्नेछ । खिन्नताबाट टाढा रहने प्रयत्न गर्नुका साथै आफ्नो काममा ध्यान केन्द्रित गर्नु जरुरी देखिन्छ । औषधि–उपचारमा खर्च बढ्दै जानेछ । ईम्पोर्ट–एक्स्पोर्टको व्यवसाय बढेर जानेछ । प्रतिस्पर्धीहरू आफैं तर्किएर हिँड्नेछन् । नयाँ सवारी खरिद गर्नका लागी उत्तम छ ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय