
इटहरी उपमहानगरपालिकामा मकै पोल्ने महिलालाई मकै पोल्ने चुलो र दाउरा वितरण गरिएको छ । इटहरी उपमहानगरपालिकाको उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत २० वटा मकै पोल्ने सुधारिएको चुलो र दाउरा वितरण गरिएको हो ।




इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतम तथा वडाध्यक्षहरु चन्द्र भटटराई,रमेश चौधरी र शिव नारायण चौधरीले वितरण गर्नुभयो । विपन्न वर्गका महिलालाई सहज ढंगले मकै पोलेर जीविकोपार्जनमा सहयोग पुगोस भनेर सुधारिएको चुलो र दाउरा वितरण गरिएको उपप्रमुख गौतमले वताउनुभयो । तगारीमा मकै पोल्दै आएका विपन्न वर्गका महिलाले चुलो प्राप्त गरेपछि हर्षित भएका छन । गर्मीको वेलामा मकै पोल्न निक्कै समस्या हुदै आएकोमा अव सजिलो हुने आशा गरेका छन । वितरण कार्यक्रममा उपप्रमुख गौतमले सुधारिएको चुलोमा मकै पोल्ने तरिका पनि सिकाउनुभयो ।