About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी उपमहानगरपालिका सामुदायिक विद्यालयका विद्यार्थी र शिक्षकले विद्यालयमा एक जना नर्सको ब्यवस्था गर्न माग गरेका छन । इटहरी उपमहानगरपालिकाले आयोजना गरेको सेनिटरी प्याडको प्रयोग र ब्यवस्थापन विषयक अन्र्तक्रिया कार्यक्रममा कचना महादेव माध्यमिक विद्यालयकी छात्रा दिब्या न्यौपानेले विद्यालयमा एक जना नर्सको ब्यवस्था गरिदिन माग गर्नुभयो । कार्यक्रममा वोल्ने पकली माविकी लैङ्गिक स्रोत ब्यक्ति इन्द्रावति दवाडीले पनि सामुदायिक विद्यालयमा एक जना नर्सको अत्यन्तै आवश्यकता रहेकोमा जोड दिनुभयो । कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले इटहरीका सामुदायिक विद्यालयहरुलाई सेनेटरी प्याड र प्याड डिस्पोजल मेशिन प्रदान गर्नुभयो । १० वटा विद्यालयलाई प्याड डिस्पोजल मेशिन र २५वटा विद्यालयलाई सेनिटरी प्याड वितरण गरिएको हो । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख चौधरीले सवै विद्यालयमा डिस्पोजल मेशिन पुरयाइने वताउनुभयो । उपप्रमुख लक्ष्मी गौतमले विद्यालयलाई सेनिटरी प्याडमात्रै वितरण गर्दा प्रयोग पछि ब्यवस्थापनको समस्या भएकाले गत वर्षदेखिनै प्याड डिस्पोजल मेशीन प्रदान गर्न थालिएको वताउनुभयो । गत वर्ष उपप्रमुख गौतमले पाँच वटा विद्यालयमै पुगेर प्याड डिस्पोजल मेशीन प्रदान गर्नुभएको थियो ।

शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख सूर्य सुवेदीले स्वागत गर्नुभएको कार्यक्रममा इटहरी अस्पतालकी एमडिजिपि डा नमिता अधिकारीले महिनावारीका कारण हुने समस्या र समाधानका उपायका विषयमा प्रस्तुती गर्नुभयो । कार्यक्रममा सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक लेखनाथ भट्टराई,कविर माविकी प्रधानाध्यापक मिनु न्यौपाने,सामाजिक विकास शाखाकी अघिकृत माया राई लगायत वोल्नुभयो ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय