About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

२०७८ चैत्र २५ गते शुक्रबार, ०८ अप्रिल २०२२ । चैत्र शुक्लपक्ष सप्तमी तिथि । आद्र्रा नक्षत्र, २१ः०० बजेदेखि पुनर्वसु । चन्द्रराशी–मिथुन राशी ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

पराक्रममा बृद्धि भएर जाने समय छ । तपाईंको कलाकारितामा निखार आउनेछ, चौतर्फी चर्चा बटुल्दै जाने समय छ । सुवर्णको व्यवसायमा लाभ हुनेछ । कृषिमा गरेको मेहनतको उचित मूल्याङ्कन हुने समय छ । दाजुभाइ–इष्टमित्र मिलेर गरेको काममा मनग्य लाभ मिल्नेछ ।

बृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

पैत्रिक सम्पत्तिमा समस्या तथा अल्झन आउन सक्नेछ, सोच–बिचार गरेर मात्रै बोल्नुहोला । ज्वाइँ चेलाको साथ र सहयोगमा गरेको कामले फाइदा नै होला । व्यापार–व्यवसायमा मनग्य लाभ नै हुनेछ । लेदर तथा छालाको उद्योग फष्टाएर जान मद्दत पुग्नेछ । प्रेमी–प्रेमिका बिचको समस्या सहज रुपमा समाधान हुँदै जानेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

साथीभाइसँगको कारोबार खासै लाभदायक नहोला, सोच बिचार गरेर काम नगर्दा फस्न सक्नुहुनेछ । परिवारमा नयाँ सदस्य थपिएर मनमा उमङ्ग थपिनेछ । शरीरमा अनावश्यक आलस्यता थपिइ जड कामहरु अधुरै रहलान् । कच्चा पदार्थको व्यवसायमा मनग्य लाभ हुनेछ । पंक्षीको व्यवसायमा लागेकाहरुको लागि आज खुशी मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

खेल क्षेत्रमा गरेको लगानी र मेहनतको कदर नहुँदा मनमा थकान महसुस हुनेछ । सवारी चालकको लागि आजको दिन निकै कष्टकर नै छ । सन्तानको खुशीमा रमाउने दिन छ आज तपाईंको । पुस्तक लेखनमा लागेका लेखकका लागि समय उत्तम छ तर विश्लेषक वर्गको लागि भने आज खासै उत्तम मान्न सकिन्न, अपजस खेप्नुपर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

हस्तकलामा तन–मन लगाएर काम गरेमा मनग्य लाभ हुनेछ । होटल तथा होस्टलमा गरेको लगानी लाभप्रद नै रहनेछ, लगानी थप्दै जड पनि राम्रो नै हो । शैक्षिक क्षेत्रमा समस्या सुधार हुँदै जानेछन् । किराना व्यवसायमा गरेको लगानीमा मनग्य फाइदा हुनेछ । कुखुरा, परेवा, हाँस लगायत पंक्षीमा गरेको लगानी लाभ मिल्ने खालको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

लक्ष्य प्राप्तिको लागि गरिएको मेहनत प्रभावकारी हुनेछ । गलत व्यक्तिको सहयोगले आफ्ना सिनियर कर्मचारी नजिक लज्जित हुनुपर्ने हुनसक्छ बिचार पु¥याएर मात्रै सहयोग लिनुहोला । फलफूल तथा दही, दुधको व्यवसाय फस्टाउँदै जानेछ । अनुशासनको हकमा लाज ढाक्न गाहै्र पर्ला । गणित विषयमा तपाईंको दखल राम्रै रहनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

भाग्यले साथ दिनाले बन्न नसकेर अड्किएर बसेका कामहरु सहजै बन्नेछन् । पिताको साथ र सहयोग मिल्ने समय छ । उच्च शिक्षामा मेहनत अनुरुपको लाभ मिल्ने भएता पनि मनमा चैन भने रहने छैन । रङ्गकर्मीको लागि आजको दिन सफल बन्न सहयोगी दिन छ । मामाको साथ नलिएको नै बेस हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

प्रतिस्पर्धीहरूले हार खानेछन्, तपाईंको जितले आफन्त–साथीभाइको साथ मिल्दै जानेछ । सन्तानको स्वास्थ्यमा समस्या आउन सक्नेछ, विशेष ख्याल गर्नुहोला । तामा तथा फलामको व्यवसाय फस्टाउँदै जानेछ । कृषिमा नयाँ आयाम थप्ने समय छ । ईम्पोर्ट–एक्स्पोर्ट व्यवसायमा मनग्य लाभ मिल्ने समय देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

प्रकृतिको साथमा रमाउने समय छ । मेडिकल लाइनमा काम गर्दा मनग्य लाभ मिल्ने समय छ । पाठक वर्गको लागि आज दिन लाभप्रद छ । राजनैतिक क्षेत्रमा तपाईंले गरेको मेहनत उन्नति मिल्ने समय छ । कपडा व्यवसाय फस्टाउँदै जानेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

पति–पत्नी बिचको झगडा मथ्थर भएर जानेछ । सिलाई–बुनाइको काममा सहजता छाउने छ । तेल–घ्यूको व्यापारमा मनग्य लाभ मिल्नेछ । तपाईंको कडा मेहनतले सम्मानित स्थान दिलाउनेछ । दिगो काममा नयाँ–नयाँ कम्पनीका साथमा सम्झौता गर्ने समय छ । खेती किसानीमा गरेको मेहनतले तनमा स्फुर्ति बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आफूले गरेको कामको जस लिने अवसर प्राप्त हुनेछ । माइतिको साथ र सहयोग मिल्ने समय छ । आर्थिक समस्याले भने सताउन सक्नेछ । दान–धर्मको काममा समय व्यतित हुनेछ । तरल पदार्थको व्यवसाय फष्टाउने समय छ । वकिल तथा ज्योतिषीको लागि आजको दिन अनुकुल रहेको छ । वैज्ञानिकको लागि अपजसको समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

गोपनीयता बाहिरिनाले समस्या थपिन सक्छ । चेलीबेटीको साथ र सहयोगमा गरेको काममा लाभ मिल्नेछ । चौपाय तथा दोपायको व्यवसाय फष्टाउने समय छ । इन्जिनियरको लागि आजको दिन मान–प्रतिष्ठा मिल्ने समय छ । अनावश्यक कुरा काट्नेहरु नै तपाईंको कुरामा साथ दिदै जानेछन् । गाडी–घोडा खरिद गर्न उत्तम छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय