About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २४ चैत
मोरङको उर्लाबारीमा अहिले भर्खरै भएको सवारी दुर्घटनामा एक युवाको मृत्यु भएको छ । उर्लाबारी–४ आइतबारेस्थित पूर्वपश्चिम लोकमार्गमा पिकअप भेन र मोटरसाइकल एकआपसमा जुध्दा भएको दुर्घटनामा मोटरसाइकल चालक दमक–३ बस्ने वर्ष २८ का राजन धिमालको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए ।
पूर्वबाट पश्चिम जाँदै गरेको को १ च ६३९९ नम्बरको पिकअप भेन र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को ३२ प ६९३१ नम्बरको मोटरसाइकल जुध्दा घाइते भएका मोटरसाइकल चालक धिमालको उपचारको क्रममा अरनिको अस्पताल उर्लाबारीमा अहिले राति ९ः३० बजे मृत्यु भएको प्रनि खड्काले बताए । ठक्कर दिने पिकअप र त्यसका चालक उर्लाबारी–४ बस्ने ४१ वर्षीय दीपेन्द्र बोहोरालाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय