
उर्लाबारी, २४ चैत
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उर्लाबारीका वडामा नेकपा एमालेले उम्मेद्वार छनौट प्रक्रिया सुरु भएको छ । बिहिबार ९ वटै वडामा वडा भेला गरी आकांक्षीहरुको नाम संकलन गरिएको छ ।
वडा नं. १ मा सर्वसम्मत रुपमा उम्मेद्वार चयन भएका छन् । एमालेबाट वडा नं. १ को वडाध्यक्षमा तिलक पाण्डे सर्वसम्मत् उम्मेद्वार भएका छन् । यस्तै, खुला सदस्यमा गणेशकुमार माझी र गौरी शंकर दाहाल, महिला सदस्यमा टीका भुजेल र दलित महिला सदस्यमा सन्तकुमारी विक उम्मेद्वार बनाउने एमाले वडा कमिटीले निर्णय गरेको छ ।
उर्लाबारीका बाँकी वडामा भोलि (शुक्रबार) सम्ममा उम्मेद्वारको टुंगो लगाउने तयारी गरिएको छ ।



