About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

२०७८ चैत्र २४ गते विहिबार, ०७ अप्रिल २०२२ । चैत्र शुक्लपक्ष षष्टी तिथि । मृगशिरा नक्षत्र, २१ः२० बजेदेखि आद्र्रा । चन्द्रराशी– बृष ०८ः०२ पछि मिथुन राशी ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

धनको पिर चिन्ताले सताएको भएता पनि समस्या भने हुनेछैन । चिठ्ठा काट्नुभएको छ भने आज तपाईंको नाममा चिठ्ठा पर्ने सम्भावना छ । लत्ताकपडाको व्यवसाय फस्टाउनेछ । दैनिक काममा आएको समस्या हल हुँदै जानेछ । पुरानो दिनको सम्झनाले दिनलाई केही चिन्तित भने बनाउन सक्नेछ । यात्रामा रमाइलो हुनेछ ।

बृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

बिहानीपख काम बन्न असहज भएको काम अपरान्हमा सहज हुँदै जानेछ । स्वास्थ्यको समस्या केही मात्रामा हल हुने समय छ । चेलाचपेटाको साथ सहयोगमा गरेको कामले लाभ मिल्नेछ । आर्मी–पुलिस लगायत प्रशासनिक क्षेत्रमा आएको समस्या हल भएर जानेछ । मौरी पालनमा आएको लाभ अति नै प्रभावकारी हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

गैर–कानुनी काममा नपर्नुहोला, फस्न सकिनेछ । इलेक्ट्रिकल वस्तु (टिभी, फेन, फ्रिज लगायत वस्तु) को व्यवसायमा लाभ मिल्नेछ । सन्तान सुख मिल्ने छ । पूजापाठमा सामेल हुनु पर्ने समय छ । आफ्ना हाकिमलाई खुसी पारेर आफ्नो स्वार्थ पूरा गर्न सकिनेछ । होटल लाइनमा गरेको लगानी लाभप्रद छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आफन्त तथा साथीभाइलाई समय दिँदादिदै आफ्नो लागि भने समय छुट्याउन नभ्याइएला । अनावश्यक कुरा काट्नेहरूले तपाईंको भित्री कुरा खोतल्ने प्रयास गर्नेछन् । पूजापाठमा मन जानेछ । चौपायको व्यवसाय फस्टाउने समय छ । बन्न नसकेको पुराना कामले गति लिनेछन् । घाँटीको समस्याले सताउन सक्नेछ । सन्तान टाढिन सक्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पद र कदमा आफूभन्दा ठुलाहरुसँग बोल्न नपाए पनि हाउभाउ र संकेतका आधारमा सहजै काम निकाल्न सकिने दिन छ आज । खेलाडी (भलिबल, चेस, क्रिकेट, पौडी लगायतका खेल खेल्ने) हरुको लागी आजको दिन उपयुक्त छ । माया प्रेममा आएको समस्याहरु भने यथावत नै रहदा मनमा अशान्ति छाउनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

पति र पत्निले एक अर्कालाई इज्जत नदिनाले झगडा बढेर जान सक्नेछ । अध्ययन–अध्यापनको क्षेत्रमा खासै मन नजानाले परीक्षार्थीको लागि सोचे अनुकुल देखिन्न । संगीतकर्मीको लागि आजको दिन प्रभावकारी छ । चप्पल–जुत्ताको व्यवसाय फस्टाउँदै जाने समय छ । विदेशसँगको काममा लाभ मिल्ने समय छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आमा–बाबाको मायाले स्वास्थ्यमा आएको समस्या कम हुँदै जानेछ । शत्रुले भने केही पिडा दिन सक्नेछन् तर बुद्धि पु¥याएर काम गरेमा फस्नु भने पर्दैन । लेखन शैलीमा तपाईंको प्रगति देखेर डाह गर्नेहरु बढेर जानेछन् । आजको दिनमा कम बोलेको नै ठीक हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पूजा सामग्रीको व्यवसाय फस्टाउँदै जानेछ । खेल क्षेत्रमा पाएको चर्चाको अपव्याख्या गर्नेहरुको कमी हुनेछैन । ईम्पोर्ट–एक्स्पोर्टको व्यवसाय फस्टाउँदै जानेछ । दिदी–बहिनीको झगडा परेता पनि सामान्य बार्तालापले समस्या समाधान हुनेछ । फलामको व्यवसायमा मनग्य लाभ मिल्ने समय देखिन्छ । धार्मिक यात्रा हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनमा ह्रास आउन सक्नेछ । न्यायको काममा सुचना गलत भएको कारण फैसला आफ्नो पक्षमा नहुँदा मनमा खिन्नता बढेर जानेछ । स्थानान्तरण गरेमा मनमा आएका समस्याहरु हल भएर जानेछन् । स्वार्थीहरुको विचमा पर्नाले अनावश्यक नकारात्मक चर्चा हुनसक्छ, सचेत रहनुहोला । कच्चा वस्तुको सामानमा लाभ मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

दान–धर्ममा मन जाने समय छ । मानसिक रुपमा स्फुर्त भएता पनि शारीरिक समस्याले केही पिरोल्न सक्नेछन् । सन्तानको सुखमा झुम्न पाउने समय छ । बन्दव्यापार र कारोबारमा लाभ मिल्दै जाने समय छ । श्रृङ्गारिक सामानको कारोबारमा मनग्य लाभ मिल्नेछ । सहयोगीको सक्रियता बढ्नाले आम्दानीको नयाँ स्रोत पहिल्याउन सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

नयाँ क्षेत्रको कुरा पढ्ने वा सिक्ने रहर जागेर आउने समय छ । विभिन्न भौतिक सुविधाका वस्तुहरू जुटाउँदै जाने समय आएको छ । छालाको समस्याले सताउन सक्नेछ । आफू भन्दा सानो उमेरका भाइ भतिजाको सहयोगमा कामले गति लिनेछ । फलफूल तथा कपडाको व्यवसाय फस्टाउदै जाने समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ, मनमा खिन्नता बढेर जान सक्नेछ । प्रतीक्षा गरिएको कामको नतिजाले उत्साह जगाउनेछ । फापर, गहँु लगायत कृषि क्षेत्रमा गरेको लगानी लाभ मिल्ने देखिन्छ । इन्टरनेटमा गरेको लगानी बढाउँदै जाने समय आयो । आफन्तसँग काम गरेमा मनमा हर्ष छाउनेछ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय