About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

– सुजन पाण्डे

ए ! नेताज्यु कता ?
भ्युटावर त ऊ त्यहाँ पो त ।
चुनावले होकि निकै घट्नुभएछ ।
५ वर्षमा ठ्याक्कै दोब्बर कट्नुभएछ ।
तपार्इँको रुखले,
तल्लाघरे रामेलाई अक्सिजन दिन सकेन ।
तपाईंको घामले,
कठ्याङ्ग्रीएको श्यामे बाँच्न सकेन ।
तपाइँको हँसियाले,
मेरी आमाको हात काट्यो ।
अनि हथौडाले,
बुबाको शरीरका नसा छिने ।
ए ! साँच्ची तपाईं त
स्वतन्त्र उम्मेद्वार पो त है ?
३ वर्ष रुखमुनि, २ वर्ष घाममुनि ।
धिक्कार छ तपाईंको मानव जुनी ।
म तपाइँलाई फूलको मालाको हार लाएर,
जनताको हार बढाउन सक्दिन ।
अनि चप्पलको माला भिराएर,
धने दाइको पैताला नाङ्गा देख्नै सक्दिन ।
किनकी हात्तीछाप चप्पलको निकै इज्जत छ समाजमा ।

                                                                   – खाँदबारी, संखुवासभा

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय