About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २३ चैत
नेपाली काँग्रेस प्रदेश १ कार्यसमिति सदस्य अर्जुन तुम्रोकले आगामी स्थानीय तह निर्वाचनमा उर्लाबारीमा गठबन्धन आवश्यक नरहेको बताएका छन् । गत स्थानीय तह निर्वाचनमा मेयरसहित पाँच वटा वडाध्यक्ष जित हासिल गरेको काँग्रेस यस पटक झन् मजबुद रहेको दाबी गर्दै उनले अन्य दलसँग गठबन्धन गर्नु नपर्ने बताए ।
बुधबार उर्लाबारी पार्टी प्यालेसमा तरुण दल र नेविसंघ नगर तदर्थ समिति गठन कार्यक्रममा विशिष्ट अतिथि रहेका तुम्रोकले भने, ‘उर्लाबारीमा कुनै दलसँग गठबन्धन गर्नुपर्दैन, काँग्रेस एक्लैले जित्छ ।’ उनले कमजोर भइसकेका दलहरुसँग गठबन्धन गर्नुको कुनै औचित्य नभएको बताए । पार्टीका सबै नेता कार्यकर्ता एक भएर चुनावी अभियानमा होमिनुपर्ने बताउँदै उनले भने, ‘काँग्रेसजन सबै एक भएर लाग्नुपर्छ, मेयर उपमेयरसहित ९ वटै वडामा जितिन्छ ।’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय