About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २३ चैत
मोरङको उर्लाबारीमा नेपाल तरुण दल र नेपाल विद्यार्थी संघको नगर तदर्थ समिति गठन भएको छ । बुधबार उर्लाबारी पार्टी प्यालेसमा आयोजित कार्यक्रममा दुवै भातृ संघको तदर्थ समिति गठन भएको हो ।
नेपाल तरुण दलको नगर सभापतिमा योगराज फागो चयन भएका छन् । उपसभापतिमा अमृत सुब्बा, प्रभु दिलुङ्छा राई र विक्रम चापागाई, सचिवमा सुरेन्द्र सर्मा र पंकज कस्याप, सहसचिवमा सन्नि साह र दिवस गहतराज रहेका छन् ।
यस्तै, नेपाल विद्यार्थी संघ उर्लाबारी तदर्थ समितिको सभापतिमा विवेक कार्की, उपसभापतिमा देवेन्द्र खड्का र सचिवमा अर्विन घिमिरे चयन भएका छन् । नेविसंघको थप समिति पछि मनोनयन गरिने जनाइएको छ ।
नव गठित समितिलाई प्रमुख अतिथि नेपाली काँग्रेस प्रदेश १ का सहमहामन्त्री खड्ग फागो, प्रदेश १ का सदस्य अर्जुन तुम्रोक, महाधिवेशन प्रतिनिधि देवराज चाम्लिङ, विजयकुमार कार्की, सीता कार्की, शोभा चेम्जोङ पालुङवा, प्रदेश १ (क) सभापति नरबहादुर मोक्तान, जिल्ला सदस्य वीरबल थापा, शोभितमाया तामाङ, नगर सभापति सुरेन्द्र लिम्बुलगायतले बधाई तथा शुभकामना दिएका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय