About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २३ चैत
हालै सम्पन्न निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) को केन्द्रीय महाधिवेशन र प्रदेश अधिवेशनमा निर्वाचित मोरङका प्याव्सनिष्टलाई बधाई ज्ञापन गरिएको छ । विराटनगरस्थित प्याब्सन मोरङको भवनमा बुधबार एक कार्यक्रम आयोजना गरी मोरङबाट निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको हो ।
मोरङबाट प्याब्सनको केन्द्रीय उपाध्यक्षमा बासुदेब न्यौपाने, राजेश दास, सचिवमा हेमन्त कार्की र सदस्यमा केदार खनाल निर्विरोध निर्वाचित भएका थिए । यस्तै प्याब्सनको प्रदेश अध्यक्षमा टिकाराम ढकाल, उपाध्यक्षमा अर्जुन बस्नेत, कोषाध्यक्षमा राजेश आचार्य र सदस्यमा भुवन श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका थिए ।
मोरङ प्याव्सनकी अध्यक्ष सीतला सुब्बाले प्याब्सनको केन्द्रीय पदाधिकारी, सदस्य र प्रदेशको अध्यक्षसहित पदाधिकारी र सदस्यलाई बधाइ ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरिन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय